काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले हवाई उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।
पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीहरुले हवाई उडान टिकट काट्दा सर्वाधिक क्यासब्याक पाउनुने छन् । साथै, अतिरिक्त ३०० छुट प्राप्त गर्न सक्नेछन् ।
यात्राको लागि सबैभन्दा सहज माध्यम हवाई उडान भएकोले, आइएमई पेले यात्रुहरुलाई हवाई उडान मार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको छ ।
नयाँ योजना अनुसार हवार्ई उडान टिकटमा ५० प्रतिशतसम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणीय गण्तव्यको फ्री हवाई टिकट प्रदान गर्ने जस्ता योजनाहरु आईएमई पे ले ल्याएको छ ।
योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउनेछन् भने फर्स्ट टाइम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकको साथै ३०० रुपैयाँ अतिरिक्त छुट पाउनेछन् । अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यासब्याकमा आइएमई पे एप मार्फत हवाई उडान टिकट बुक गर्न सक्नेछन् ।