सरकारी इन्धन खर्च २० प्रतिशत कटौती, असारसम्म लागू हुने

काठमाडौं । सरकारले इन्धन खर्च २० प्रतिशत कटौती गरेको छ । गत चैत ३० गते बसेको मन्त्री परिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको हो ।

 

पेट्रोलियम पदार्थको उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिती घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि सरकारले इन्धन खर्च कटौती गर्ने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

 

चालु आर्थिक वर्षका लागि सरकारले इन्धन खर्च शीर्षकमा छुट्याइएको बजेट कटौती गर्ने निर्णय गरेको हो । यो निर्णय आगामी असार मसान्तसम्म लागू हुने अर्थ मन्त्रालयले जनाएको छ ।

 

‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत गर्नुपर्नेछ,’ अर्थ मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘यो निर्णय विकास आयोजनाहरू, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आगामी स्थानीय तहको निर्वाचनका लागि भने लागू हुने छैन ।’

 

यस्तै, छुट्टै ऐनबाट इन्धन सुविधा पाइरहेका पदाधिकारीहरुको इन्धन सुविधा पनि २० प्रतिशतले कटौती हुनेछ ।

 

सीवाइसी नेपाल लघुवित्तको प्रतिसेयर आम्दानी १६२ रुपैयाँ, यस्तो छ वित्तीय अवस्था Read Previous

सीवाइसी नेपाल लघुवित्तको प्रतिसेयर आम्दानी १६२ रुपैयाँ, यस्तो छ वित्तीय अवस्था

नबिल र एनआइसीलाई उछिन्दै ग्लोबल बन्यो धेरै नाफा कमाउने बैंक, ८ महिनामा कुनले कति कमाए ? Read Next

नबिल र एनआइसीलाई उछिन्दै ग्लोबल बन्यो धेरै नाफा कमाउने बैंक, ८ महिनामा कुनले कति कमाए ?