सीवाइसी नेपाल लघुवित्तको प्रतिसेयर आम्दानी १६२ रुपैयाँ, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । गत शुक्रबारदेखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गरेको सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफा दोब्बरले बढेको छ ।

 

लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०९.४१ प्रतिशत बढी हो। गत आर्थिक चैतसम्म लघुवित्तले ४ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा बढ्दा र उल्लेख्य मात्रमा खराब कर्जा उठाउँदा लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.३१ प्रतिशत बढेर १५ करोड ७७ लाख पुगेको छ भने सञ्चालन मुनाफा १०१.१७ प्रतिशत बढेर ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ४६ करोड सापटी र १ अर्ब २६ करोड निक्षेप संकलन गरी ३ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ । हाल ८ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३० करोड ४ लाख रुपैयाँ सञ्चित छ।

 

खुद नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७१.३७ रुपैयाँ बढेर १६२.२५रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ४.६७ प्रतिशतबाट घटेर १.९७ प्रतिशतमा झरेको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योगका लागि जग्गा अपुग Read Previous

नेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योगका लागि जग्गा अपुग

सरकारी इन्धन खर्च २० प्रतिशत कटौती, असारसम्म लागू हुने Read Next

सरकारी इन्धन खर्च २० प्रतिशत कटौती, असारसम्म लागू हुने