काठमाडौं । इलेक्ट्रीक सामान उत्पादक ब्राण्ड सीजीले नयाँ वर्ष २०७९ को अवसरमा आकर्षक उपहार योजना ल्याएको छ ।
उपहार योजना अन्तर्गत ग्राहकले घरायसी सामान किन्दा हरेक दिन उपहार पाउने र बम्परमा थाइल्याण्ड घुम्ने अवसर पाउने छन् । वैशाख २ गतेदेखि सुरू भएको यो उपहार योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत लक्की ‘ड्र’ मार्फत हरेक दिन एकजना भाग्यशालीले सीजीका साना घरायसी सामानहरू उपहार प्राप्त गर्नेछन् । साथै बम्परमा जोडीलाई थाइल्यान्ड घुम्न जाने अवसर प्राप्त हुनेछ ।
लक्की ‘ड्र’ र बम्पर उपहारमा सहभागी हुनका लागि CGSHA Product Name टाइप गरि आफ्नो नाम र ठेगाना उल्लेख गरी 31001 मा SMS पठाउनुपर्नेछ । लक्की ‘ड्र’ मा सहभागी सबै प्रतियोगीहरू बम्पर उपहारका लागि पनि योग्य हुने र यस योजना सीजीका साना घरायसी सामानहरूमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।