काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आइतबार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा छिमक लघुवित्तले गत वर्षको नाफाबाट वितरण गरेको २७ प्रतिशत बोनस बापतको ४९ लाख ४१ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत अर्थात् २ लाख ५ हजार ९५५ कित्ता र श्री इन्भेष्टमेन्टको ७.७० प्रतिशत अर्थात् ६ लाख ८५ हजार ४०१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
तीनै वटा कम्पनीहरुको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।