ग्रीन भेन्चर्सको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । ग्रीन भेन्चर्सको लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

 

आइतबार कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको ३१ लाख २५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको ३१ लाख २५ हजार कित्ता र संस्थापकहरुको २ करोड ५० लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै सोमबारदेखि ग्रीन भेन्चर्सको सेयर दोस्रो बजारमा कारोबारमा आउने भएको छ । यद्यपि, प्रिसेसनमा कम्पनीको सेयर कारोबार नभएमा सो दिन कारोबार हुने छैन् ।

 

कम्पनीको सेयर दोस्रो बजारमा कारोबारका लागि नेप्सेले GVL संकेत चिह्न प्रदान गरेको छ । ग्रीन भेन्चर्सले पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ९१.८६ रुपैयाँदेखि अधिकतममा २७५.५८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही सीमा भित्र रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेपालमा होटल र रेष्टुरेण्ट व्यवसायमा साढे ९ अर्ब लगानी गर्दै चीन Read Previous

नेपालमा होटल र रेष्टुरेण्ट व्यवसायमा साढे ९ अर्ब लगानी गर्दै चीन

छिमेक लघुवित्तसहित ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ? Read Next

छिमेक लघुवित्तसहित ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?