फर्स्ट माइक्रोफाइनान्सको नाफामा उल्लेख्य सुधार, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले खुद नाफामा उल्ल्ख्य सुधार गरेको छ । लघुवित्तले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा ४६.४४ प्रतिशतले वृद्धि भएको छ ।

 

लघुवित्तको ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६०.१४ प्रतिशत बढेर ३० करोड ७१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा ६१.५८ प्रतिशत बढेर २५ करोड ११ लाख पुगेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तले १० अर्ब ४१ करोड सापटी लिई ९ अर्ब ५४ करोड कर्जा प्रवाह गरेको छ । हाल ९६ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १५ करोड २४ लाख र रिटेन अर्निङमा १७ करोड ३९ लाख संचित छ ।

 

समीक्षा अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड ८२ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १७.२५ रुपैयाँबाट बढेर २२.९७ रुपैयाँ पुगेको छ ।

 

लघुवित्तको प्रतिसेयर नेटवर्थ १३३.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३१.४१ गुणा र खराब कर्जा शून्य प्रतिशत रहेको छ ।

सीजीका घरायसी सामान किन्दा हरेक दिन उपहार पाइने, बम्परमा थाइल्याण्ड घुम्ने अवसर Read Previous

सीजीका घरायसी सामान किन्दा हरेक दिन उपहार पाइने, बम्परमा थाइल्याण्ड घुम्ने अवसर

नेपाल एयरलाइन्सको ८ देशका १० गन्तव्यमा सेवा  विस्तार, यी देशमा हुन्छ नियमित उडान Read Next

नेपाल एयरलाइन्सको ८ देशका १० गन्तव्यमा सेवा विस्तार, यी देशमा हुन्छ नियमित उडान