एनएमबी बैंकको नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौं । एनएमबी बैंकल नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकल वैशाख ३ गते शनिबार एनएमबी भवन, एनएमबी बैंक, बबरमहलबाट सुरू भई वसन्तपुर डबलीसम्म पुगी सम्पन्न भएको हो

 

यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको हो । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागी सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।

 

उक्त वाक कार्यक्रममा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरू, युनेस्काको सदस्य तथा सर्वसाधारणहरू गरी लगभग ५०० जनाको सहभागिता थियो ।

 

उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाईटी तथा स्थानीय सिन्हा स्वान खलालाई डस्टबिनहरू प्नि हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४,५,६ र ७ मा समेत गरीएको छ ।

 

प्रदेश १ मा विराटनगर शाखादेखि पिण्डेश्वरी मंदिर, मधेष प्रदेश (प्रदेश नं. २) मा वीरगंज शाखादेखि गहवा माई मंदिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि भद्रकाली मंदिर, प्रदे्रश ५मा ट्राफिक चोक शाखादेखि जीतगढी किल्ला र सुदूरपश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मन्दिदरहरू सरसफाइ गरेको छ ।

 

उक्त हेरिटेज वाकमा साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु,साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागी मार्गदर्शन, अतिथीको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना लगायतका नारा अंकित प्ले कार्डहरू थियो ।

 

विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

 

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरू, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

विदेशी पर्यटक बढ्दै, दैनिक २ हजार आउन थाले Read Previous

विदेशी पर्यटक बढ्दै, दैनिक २ हजार आउन थाले

लुक्ला उडेको समिट एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण Read Next

लुक्ला उडेको समिट एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण