काठमाडौं । सोलुखुम्बुको लुक्लाका लागि उडेको समिट एयरको जहाज फर्केर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरेको छ ।
आइतबार बिहान ११ः०४ बजे लुक्लाका लागि उडेको समिटको ‘नाइन एन(एएमपी’ कलसाइन जहाजको देब्रेपट्टिको इन्जिन फेल भएपछि उडेको केही बेरमै आकस्मिक अवतरण गरेको हो । उक्त जहाजमा १६ जना यात्रु रहेको जनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार उक्त जहाज काठमाडौंबाट उडेको ४३ मिनेटपछि (११ः४७ बजे) त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको हो । उक्त जहाज आकस्मिक अवतरण गर्ने भनिएपछि विमानस्थल १० मिनेटका लागि बन्द गरिएको थियो ।
जहाजमा आएको समस्या जाँचका लागि कम्पनी र नागरिक उड्डयन प्राधिकरणका प्राविधिक विमानस्थलमा पुगेका छन्।