काठमाडौं । कर्मचारी सञ्चय कोषको मौज्दात एक वर्षमा ३१ अर्बले बढेको छ। कोषले सार्वजनिक गरेको सूचना अनुसार कोषको नगद मौज्दात ३ खर्ब ९ अर्ब पुगेको छ। काेषामा अघिल्लो आर्थिक वर्षकाे यसै अवधीमा २ खर्ब ७८ अर्ब मौज्दात थियो।
कोषको जगेडा कोषमा ३१ अर्ब रहेको छ । कोषको कूल सम्पत्ति ३ खर्ब ४५ अर्ब पुगेको छ भने लगानी ३ खर्ब ३८ अर्ब रहेको छ।
सरकारी तथा संस्थागत गरी २६ हजार कार्यालयका ६ लाख संचयकर्ता भएको कोष विभिन्न आयोजनासँगै सञ्चयकर्तालाई ऋण तथा सापटी पनि दिने गरेको छ।सञ्चयकर्तालाई दिने सापटी तथा ऋणको ब्याजदर कोषले ९.५ दखेखि १०.२५ प्रतिशतसम्म लिने गरेको छ।
कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं.२०१९ भदौ ३१ गते कोष स्थापना भएको कोषले यही आर्थिक वर्षदेखि सरकारले ल्याएको योगदानमा आधारित निवृत्तिभरण योजना पनि शुरु गरेको छ।