काठमाडौं । सिभिल बैंकले ‘अद्वितीय नेपाल’ शिर्षकमा नेपाली नयाँ वर्ष २०७९को क्यालेण्डर सार्वजनिक गरेको छ । बैंकले देशका पर्यटकीय गन्तव्यहरू समावेश गरेर नयाँ क्यालेण्डर सार्वजनिक गरेको हो ।
कोरेना महामारीको कारण धराशायी भएको पर्यटन व्यवसायलाई केही टेवा पुर्याउने उद्देश्यले नयाँ नयाँ भ्रमण गन्तव्यहरू क्यालेण्डरमा समावेश गरिएको बैंकले जनाएको छ ।
बैंकले क्यालेण्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तव्यहरू फोक्सुन्डो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँच पोखरी, गोल्डेन धाप, देउ ढुंगा, कन्चाजन्घा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरपको फोटो तथा छोटो टिप्पणी समाविष्ट गरिएका छन् । यस क्यालेण्डरका तस्वीरहरू ईमेजपसलडटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वारा खिचिएको तस्वीरहरू हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले नेपालको अतुलनीय प्राकृतिक सुन्दरताकै कारण देश विदेशबाट लोकप्रिय भ्रमण गन्तव्यको रुपमा नेपाल चिरपरिचित रहेको बताए । उनले क्यालेण्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तव्यहरूले विद्यमान भ्रमण गन्तव्यमा मात्रै आफ्नो भ्रमणलाई सीमित नगरी नेपालको अन्य भ्रमण गन्तव्यहरूका बारेमा जानकारी दिने बताए ।