श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा, कति छ तिर्न ?

काठमाडौं । चरम आर्थिक संकट सामना गरिरहेको दक्षिण एशियाली मुलुक श्रीलंकाले ५१ अर्ब डलर विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेको छ ।

 

मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अन्तरिम अवधिका लागि विदेशी ऋण तिर्न नसक्ने जानकारी दिएको हो ।महिनौंको विदेशी मुद्रा संकट र आर्थिक उथलपुथलपछि अन्तिम उपाय स्वरुप सबै विदेशी ऋण ‘डिफल्ट’ गर्ने निर्णयमा पुगेको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर पी. नन्दलाल वीरासिंघेले जानकारी गराएका छन् ।

 

मंगलबारदेखि ऋणदाताहरु कुनै पनि ब्याज भुक्तानी पूँजीकरण गर्न वा श्रीलंकाली रुपैयाँमा भुक्तानीको विकल्प रोज्न स्वतन्त्र रहेको श्रीलंकाको अर्थमन्त्रालयले बताएको छ । आर्थिक स्थिति थप खस्किन नदिन अन्तिम उपायका लागि मात्र यो आपतकालीन कदम चालिएको विज्ञप्तिमा उल्लेख छ ।

 

श्रीलंकाले हाल ठूलो मात्रामा आयात रोक्नुका साथै विदेशी मुद्रा सिञ्चिती जोगाउने उपाय खोजिरहेको जनाएको छ । अर्थशास्त्रीहरूले भने सरकारको व्यवस्थापकीय क्षमता कमजोर हुँदा यस्तो अवस्था उत्पन्न भएको टिप्पणी गरेका छन् । एजेन्सी

बन्दीपुरमा धमाधम बन्दै 'मिनी ग्रेटवाल', १४०० मिटर निर्माण सम्पन्न Read Previous

बन्दीपुरमा धमाधम बन्दै 'मिनी ग्रेटवाल', १४०० मिटर निर्माण सम्पन्न

सिभिल बैंकद्धारा नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक Read Next

सिभिल बैंकद्धारा नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक