उपकार लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज (चैत ३० गते) अन्तिम दिन रहेको छ ।

 

लघुवित्तले चैत २५ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो।

 

निष्काशित कुल सेयरमध्ये ३ हजार २८१ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र ११ हजार ८१३ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरको वेबसाइट र एपबाट आवेदन दिन सक्नेछन् ।

 

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई बैंकिङ्ग लिमिटेड रहेको छ। लघुवित्तको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग दिएको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सिभिल बैंकद्धारा नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक Read Previous

सिभिल बैंकद्धारा नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक

महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त Read Next

महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त