महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थीलाई नियुक्त भएका छन् । महासंघको चैत २७ गते सम्पन्न कार्यकारिणी समितिको नवौं बैठकले अवस्थीलार्ई महासंघको रिक्त महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

अवस्थी यसअघि महासंघमै उपमहानिर्देशक थिए । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा विषयमा स्नातकोत्तर गरेका अवस्थीले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् ।

 

अर्थतन्त्र, निजी क्षेत्र, दिगो विकासलगायत मामिलामा जानकार अवस्थी यस अघि नेपाल आर्थिक पत्रकार समाज(सेजन) का अध्यक्ष र कान्तिपुर राष्ट्रिय दैनिकमा आर्थिक सम्पादक थिए । करिब दुई दशकभन्दा बढी आर्थिक पत्रकारिता गरेका उनीसंग संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको सल्लाहकारका रूपमा काम गरेको अनुभव समेत छ ।

 

नवनियुक्त महानिर्देशक अवस्थीसंग उद्योग, वाणिज्य सहित समग्र निजी क्षेत्रका विषयमा पनि निकै राम्रो अनुुभव रहेको छ । महानिर्देशक अवस्थीको यो अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रकातर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने विश्वास महासंघको छ ।

 

उपकार लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

उपकार लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै Read Next

आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै