काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ ‘आउट स्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’बाट सम्मानित भएका छन् । उनलाई नेपाल व्यवस्थापन संघले उक्त अवार्डबाट सम्मानित गरेको हो ।
चैत २६ गते होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । उक्त अवसरमा व्यवस्थापन संघलाई धन्यवाद दिँदै उनले कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण ग्राहकवर्ग, सेयरधनी, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता ज्ञापन गरे ।
श्रेष्ठले यस सम्मानले थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिए ।
उनले आफू जहिले पनि समूहमा विश्वास गर्ने भएको हुनाले आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।