मेरोअटो मोटर र्‍यालीको मुख्य प्रायोजक ‘प्रभु लाइफ इन्स्योरेन्स’

काठमाडौं । मेरोअटो डट कमले वार्षिक रुपमा आयोजना गर्ने ‘मेरोअटो मोटर र्‍याली’को मुख्य प्रायोजक ‘प्रभु लाइफ इन्स्योरेन्स’ कम्पनीले गर्ने भएको छ ।

 

उक्त मोटर र्‍यालीको मुख्य प्रायोजक गर्ने विषयमा प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट सह प्रमुख कार्यकारी निर्देशक किशोरप्रसाद लामिछाने र मेरोअटोको तर्फबाट निर्देशक उज्वल घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

 

सम्झौता पत्रमा हस्ताक्षरपछि डेपुटी सीईओ लामिछानेले दुई संस्था बीचको सहकार्यले र्‍याली कल्चरको विकास, सुरक्षीत ड्राइभिङमा केही भए पनि सहयोग र आन्तरिक पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुग्ने धारणा राखेका थिए ।

 

मेरोअटोले आयोजना गर्ने ‘मेरोअटो मोटर र्‍याली’ यही वैशाख ९ र १० गते आयोजना हुँदैछ । काठमाडौंबाट सिन्धुलीको मूलकोटसम्म आयोजना गरिने यो मोटर र्‍याली विशेषतः ‘हाइवे सुरक्षा थिम’मा रहेर आयोजना हुँदैछ ।

 

सबै ब्राण्डका कारहरुको सहभागीता रहने यो र्‍यालीमा करिब ५० वटा कार सहभागी रहने छन् । यो मोटर र्‍यालीले अटोमोबाइल, इन्स्योरेन्स, बैंकिङ र कर्पोरेट क्षेत्रका प्रोफेसनल मानिसहरुलाई आपसी विचार आदान प्रदान गर्ने मौका समेत प्रदान गर्ने विश्वास लिइएको छ ।

 

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, काठमाडौ आइपुग्न दुई साता लाग्ने Read Previous

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, काठमाडौ आइपुग्न दुई साता लाग्ने

बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा