मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, काठमाडौ आइपुग्न दुई साता लाग्ने

काठमाडौं । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ ।

 

समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उनले बताए ।

 

आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए।

 

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ ।

 

गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

 

सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।

अर्थतन्त्रको समस्या : तरलता अभाव र भुक्तानी सन्तुलन Read Previous

अर्थतन्त्रको समस्या : तरलता अभाव र भुक्तानी सन्तुलन

मेरोअटो मोटर र्‍यालीको मुख्य प्रायोजक ‘प्रभु लाइफ इन्स्योरेन्स’ Read Next

मेरोअटो मोटर र्‍यालीको मुख्य प्रायोजक ‘प्रभु लाइफ इन्स्योरेन्स’