बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनी सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो।

 

क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी  १ लाख ६६ हजार ३४२ कित्ता र  भाग्यमानी ३ जनाले थप १ कित्ता अर्थात् ११ कित्ताका दरले सेयर हात पारेका छन् ।   १९ लाख १९ हजार १६ जनाको हात रित्तो भएको छ ।

 

कम्पनीले चैत १६ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

जसमा कुल २१ लाख ७१ हजार ७४० जनाले आवेदन दिएको थिए । सोमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

 

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बलेफी खोलामा ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

 

यसैगरी, विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र बलेफी हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

 

मेरोअटो मोटर र्‍यालीको मुख्य प्रायोजक ‘प्रभु लाइफ इन्स्योरेन्स’ Read Previous

मेरोअटो मोटर र्‍यालीको मुख्य प्रायोजक ‘प्रभु लाइफ इन्स्योरेन्स’

१०६ मेगावाटको जगदुल्ला जलविद्युत् यसरी जुटदै छ सेयर लगानी Read Next

१०६ मेगावाटको जगदुल्ला जलविद्युत् यसरी जुटदै छ सेयर लगानी