अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ कि भन्ने त्रासले सताएको छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान्छ भन्ने त्रासले सताएको बताएका छन् ।

 

महासंघको ५६ औं वार्षिक साधारण सभामा बोल्दै अर्थतन्त्र दबाबमा परेको श्रेष्ठ बताएका हुन । औद्योगिक श्रेत्रको लोडसेडिङले उत्पादनमा अझ समस्या निम्त्याएको उनले बताए ।

 

‘समग्र अर्थतन्त्र समस्यामा छ । हाम्रो अर्थतन्त्र पनि कतै श्रीलंकाकैबाटोमा जान्छ कि भन्ने त्रासले सताएको छ,’उनले भने, ‘बैकिङ प्रणालीमा देखिएको तरलता अभाव र पूँजीको लागत बढ्दा लगानीमा समस्या आएको छ । व्यापार घाटाले बाह्य क्षेत्र दबाबमा छ’ उनले भने । यस्ता समस्या समाधानका लागि लगानी आकर्षित हुने नीति, ऐन र नियम निजि क्षेत्रले चाहेको उनले बताए ।

 

सरकारले उदार लगानीकरणको नीति लिए पनि आकर्षण नभएको उनले उनको गुनासो छ । लगानीको लागि प्रतिबद्धता भए पनि कार्यान्वयनमा नआएको उनले बताए ।

 

नेपाललाई लगानीको गन्तव्य बनाउन लगानी बोर्ड र सरकारले आवश्यक सहजिकरण गर्नुपर्ने उनले बताए । ‘स्वदेशी उद्योगमा लगानी आवश्यक रहेको छ । कृषि क्षेत्रमा आफै लगानी गर्न सक्ने विषयमा प्रष्ट हुनुपर्ने देखिन्छ,’ उनले भने । वैदेशीक लगानीका लागि नीतिगत स्पष्टता आवश्यक रहेको उनको भनाइ छ ।

 

भौतिक रूपमा पनि कमजाेर संरचना, सामाजिक तत्परता तथा नाफा फिर्ता लिनुपर्छ भन्ने विषयलाई लगानी आकर्षकको लागि फरक ढंगले सोच्नु पर्ने श्रेष्ठले बताए । स्वदेशमै उत्पादित वस्तुको उत्पादन गरेर वस्तु निर्यात गर्ने कि आयात गर्ने भन्ने मुख्य सवाल रहेको उनको भनाइ छ । आर्थिक वृद्धि हासिल गर्न ऊर्जा उत्पादनमा ध्यान दिनुका साथै निर्यातमा प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

कोरियाको ३ वर्षको भिसा 'क्यान्सिल' गरेर नेपालमै कपडा उद्योग, ४५ जनालाई रोजगार Read Previous

कोरियाको ३ वर्षको भिसा 'क्यान्सिल' गरेर नेपालमै कपडा उद्योग, ४५ जनालाई रोजगार

देश श्रीलंका जस्तै होस् भन्ने चाहनेले भ्रम फैलाए : अर्थमन्त्री शर्मा Read Next

देश श्रीलंका जस्तै होस् भन्ने चाहनेले भ्रम फैलाए : अर्थमन्त्री शर्मा