देश श्रीलंका जस्तै होस् भन्ने चाहनेले भ्रम फैलाए : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल पनि श्रीलंकका जस्तै आर्थिक संकटमा फसोस् भन्ने चाहनले अर्थतन्त्र बिग्रियो भनेर भ्रम फैलाइरहेको बताएका छन् ।

 

सोमबार अर्थ मन्त्रालयले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा उनले आर्थिक सूचकहरु कोभिड पूर्वकै अवस्थामा रहे पनि राजनीतिकरण गर्न नेपाल पनि श्रीलंका बन्न लाग्यो भनेर हल्ला फैलाएको बताएका हुन् ।

 

जनतालाई भ्रमित पार्न सरकारले वृद्धभत्ता समेत दिन नसक्ने अवस्था आएको भन्दै अफवाह फैलाइएको उनले बताए । ‘अर्थतन्त्रका सूचकहरु कोभिड पूर्वकै अवस्थामा रहेको तथ्यांकहरुले बताइरहेको छ । रेमिट्यान्समा सुधार आइरहेको छ । विदेशी निनिमय संचितिमा बढाउने प्रयास भइरहेका छन् । वैदेशिक ऋण नियमित तिरिरहेका छौं,’ अर्थमन्त्री शर्माले भने, ‘तर, देशको अर्थतन्त्र श्रीलंकाको जस्तै होस् भन्ने चाहनले अफवाह फैलाए । सरकारले वृद्धभत्ता समेत दिन सक्दैन भन्न थाले । यो वास्तविक अवस्था होइन, राजनीतिकरण मात्र हो ।’

 

विप्रेषण आप्रवाहको वृद्धिका लागि वैदेशिक रोजगारीमा रहेकाले लगानी गर्न सक्ने गरी सञ्चित कोष बनाउने, प्रारम्भिक सार्वजनिक निस्काशन (आइपीओ) तथा एफपीओमा पनि कोटा छुट्याउने र विप्रेषण कम्पनीलाई बालेट प्रयोग गर्न दिनेजस्ता प्रस्ताव पनि अगाडि सारिएको बताए।

 

उनले अर्थतन्त्रको बारेमा तथ्याङ्कले बोल्ने भएकाले अनुमानका भरमा गरिने प्रचारको अर्थ नरहने स्पष्ट पारे। उहाँले नियमित रूपमा ऋण पनि व्यापक रूपमा विस्तार हुनु पनि सकारात्मक नै विषय भएको बताए।

अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ कि भन्ने त्रासले सताएको छ : उपाध्यक्ष श्रेष्ठ Read Previous

अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ कि भन्ने त्रासले सताएको छ : उपाध्यक्ष श्रेष्ठ

अब वैदेशिक रोजगारीमा जानेलाई आइपीओ र एफपीओमा 'विशेष कोटा' Read Next

अब वैदेशिक रोजगारीमा जानेलाई आइपीओ र एफपीओमा 'विशेष कोटा'