अब वैदेशिक रोजगारीमा जानेलाई आइपीओ र एफपीओमा ‘विशेष कोटा’

काठमाडौं । अब वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओ र एफपीओमा विशेष कोटा छुट्टयाइने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् ।

 

रेमिट्यान्स आप्रवाहलाई प्रोत्साहन गर्न उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको मन्त्री शर्माले बताए । उनका अनुसार मुख्य सचिवको नेतृत्वमा यस विषयलाई कार्यन्वयनमा लैजान प्रस्ताव अघि बढाइएको छ ।

 

यस्तै, मन्त्री शर्माले आप्रवाहको वृद्धिका लागि वैदेशिक रोजगारीमा रहेकाले लगानी गर्न सक्ने गरी सञ्चित कोष बनाउने तयारी भइरहेको बताए । सरकारले औपचरिक मध्यमबाट रेमिट्यान्स भित्राउनका लागि विभिन्न योजनाहरुको घोषणा सरकारले गर्ने उनले उल्लेख गरे ।

देश श्रीलंका जस्तै होस् भन्ने चाहनेले भ्रम फैलाए : अर्थमन्त्री शर्मा Read Previous

देश श्रीलंका जस्तै होस् भन्ने चाहनेले भ्रम फैलाए : अर्थमन्त्री शर्मा

दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ? Read Next

दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ?