दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ?

काठमाडौं । दुई जलविद्युत् कम्पनीले प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले बिन्धाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत् कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो।

 

बोर्डबाट बिन्धाबासिनी हाइड्रोपावरले चैत २५ गते र दोर्दी खोलाले चैत २८ गते आइपीओ जारी गर्न अनुमति दिएको हो । बिन्धाबासिनी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपीओ निष्काशन गर्न पाएको हो । यस कम्पनीले आइपीओ जारी गर्न यसअघि नै सेयर निश्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

 

त्यस्तै, दोर्दी खोला जलविद्युत्ले पनि प्रतिकित्ता १०० रुपैयाँ दरले २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति पाएको छ। दोर्दी खोलाले सेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त गरेको छ ।

 

दुवै जलविद्युत् कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरण दुवैलाई सेयर निष्काशन गर्नेछन् ।

अब वैदेशिक रोजगारीमा जानेलाई आइपीओ र एफपीओमा 'विशेष कोटा' Read Previous

अब वैदेशिक रोजगारीमा जानेलाई आइपीओ र एफपीओमा 'विशेष कोटा'

अर्थतन्त्रको समस्या : तरलता अभाव र भुक्तानी सन्तुलन Read Next

अर्थतन्त्रको समस्या : तरलता अभाव र भुक्तानी सन्तुलन