वैशाखमा बैंकहरूले ब्याजदर नबढाउने

काठमाडौँ । वाणिज्य बैंकहरुले वैशाख महिनामका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आइतबार बसेको नेपाल बैंकर्स संघको बैंठकले यस्तो निर्णय गरेको हो ।

 

ब्याजदर बढाउँदा पनि अपेक्षित रुपमा निक्षेप आउन नसकेपछि बैंकहरुले ब्याजदर नबढाउने भएका हुन् । वाणिज्य बैंकहरुले गत फागुनमा निक्षेपको ब्याजदर बढाएका थिए भने चैतमा स्थिर राखेका थिए । चैतमाजस्तै वैशाखमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको बैंकर्स संघले जनाएको छ ।

 

अहिले निक्षेपतर्फ व्यक्तिगत मुद्धतीमा ११.०३ प्रतिशत, संस्थागत मुद्धती निक्षेपमा १०.०३ प्रतिशत ब्याज बैंकहरुले दिइरहेका छन् ।यसैगरी बचतमा न्यूनतम ६.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिइरहेका छन् । बैंकहरुले चैतमा पनि निक्षेपको ब्याजदर बढाएनन् । गत फागुनमा राष्ट्र बैंकले कर्जा प्रवाह निरुत्साहन गर्न भन्दै बैंकहरुलाई ब्याजदर बढाउन निर्देशन दिएको थियो ।

 

यस्तै, बैंकहरुले अब वस्तु आयातका लागि प्रतितपत्र (एलसी) पनि नखोल्ने भएका छन् । यसअघि गत आइतबार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओहरुलाई बोलाएर अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्न मोखिक निर्देशन दिएको थियो ।

 

यसअघि गत साता नै बैंकहरुले गाडी लगायतका वस्तुहरुको आयातका लागि उलसी नखोलन निर्देशन दिएका थिए ।योसँगै अब बैंकहरुले निजि सवारी साधन,फर्निचर, सुर्तिजन्य वस्तु, ड्राइ फूड, मोबाइल, कस्मेटीक सामग्री लगायतका वस्तुहरुको अर्को निर्णय नभएसम्म एलसी खोल्ने छैनन् ।

 

राष्ट्र बैंकले १३ सय बढी वस्तु आयातका लागि ५० देखि सत प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको छ । राष्ट्र बैंकको आयातमा कडाइ गर्ने निर्णयसँगै केही वस्तुको आयातमा कमि आएको थियो ।

 

अर्थतन्त्रको 'स्टेरिङ मात्र ओगट्ने' अर्थमन्त्रीले चाहिँ राजीनामा दिन किन नपर्ने ? Read Previous

अर्थतन्त्रको 'स्टेरिङ मात्र ओगट्ने' अर्थमन्त्रीले चाहिँ राजीनामा दिन किन नपर्ने ?

चेम्बर अफ कमर्शको ७१औं वार्षिक साधारण सभा सम्पन्न Read Next

चेम्बर अफ कमर्शको ७१औं वार्षिक साधारण सभा सम्पन्न