एनआइसी एसिया बैंकका सीईओ न्यौपाने ‘म्यानेजर अफ दी इयर २०२२’ बाट सम्मानित

काठमाडौं । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपाने ‘म्यानेजर अफ दि इयर २०२२’ बाट सम्मानित भएका छन् ।

 

व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (म्यान) ले न्यौपानेलाई उक्त अवार्डले सम्मानित गरेको छ ।म्यानले नेपालको बैंकिङ व्यवस्थापन क्षेत्रमा पुर्‍याएको योगदान र नेतृत्व कुशलताको कदर गर्दै न्यौपानेलाई सम्मानित गरेको हो।

 

न्यौपानेले आफूले पाएको सम्मान बैंकका सहकर्मीलाई समर्पण गरेका छन्। उनको ५ वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको छ ।

 

त्यस्तैगरी निक्षेप संकलन तर्फ पनि रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिसेयर आम्दानी करिब २ गुणाले वृद्धि भई रू.४१.४३ पुगेको छ ।

 

सुनको मूल्य फेरि तोलाको १ लाख नाघ्यो Read Previous

सुनको मूल्य फेरि तोलाको १ लाख नाघ्यो

नेपालमा अर्थमन्त्री भाग्ने दिन नआओस् : पूर्वअर्थमन्त्री पाण्डे Read Next

नेपालमा अर्थमन्त्री भाग्ने दिन नआओस् : पूर्वअर्थमन्त्री पाण्डे