सुनको मूल्य फेरि तोलाको १ लाख नाघ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० पुगेको छ ।

 

अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० कायम भएको छ । यसको मूल्य शुक्रबार प्रतितोला रु ९९ हजार थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार ३६५पुगेको महासङ्घले जनाएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४७ डलर आसपास कारोबार भइरहेको छ ।

बढ्यो गाडी भाडा, वैशाख १ गतेदेखि चढ्ने बित्तिकै २० रुपैयाँ तिर्नुपर्ने (भाडादरसहित) Read Previous

बढ्यो गाडी भाडा, वैशाख १ गतेदेखि चढ्ने बित्तिकै २० रुपैयाँ तिर्नुपर्ने (भाडादरसहित)

एनआइसी एसिया बैंकका सीईओ न्यौपाने ‘म्यानेजर अफ दी इयर २०२२’ बाट सम्मानित Read Next

एनआइसी एसिया बैंकका सीईओ न्यौपाने ‘म्यानेजर अफ दी इयर २०२२’ बाट सम्मानित