नेपालमा अर्थमन्त्री भाग्ने दिन नआओस् : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुुरेन्द्र पाण्डेले नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

 

अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उनले नेपालको अर्थमन्त्रीको पनि त्यही दिन आउन सक्ने बताए । ‘श्रीलंकामा अर्थमन्त्री भाग्नेरे भन्ने सुन्दैछु, कतै यो दिन त नआओस् नेपालमा’ उनले भने ।

 

पाण्डले अर्थमन्त्री शर्माले कानुन विपरीत काम गरेको आरोप समेत लगाएका छन् । अर्थमन्त्री शर्माले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताएका हुन् ।

एनआइसी एसिया बैंकका सीईओ न्यौपाने ‘म्यानेजर अफ दी इयर २०२२’ बाट सम्मानित Read Previous

एनआइसी एसिया बैंकका सीईओ न्यौपाने ‘म्यानेजर अफ दी इयर २०२२’ बाट सम्मानित

'अक्षमता र नालायकीपन छोप्न गभर्नरलाई निलम्बन,' यस्तो छ एमालेका ३ पूर्व अर्थमन्त्रीको १२ बुँदे धारण Read Next

'अक्षमता र नालायकीपन छोप्न गभर्नरलाई निलम्बन,' यस्तो छ एमालेका ३ पूर्व अर्थमन्त्रीको १२ बुँदे धारण