काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश दिने भएको छ । सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम बाट बैंकका शेयरधनिहरुलाई १० प्रतिशत बोनस र १५.२६ प्रतिशत नगद लाभांश बाँड्ने भएको हो ।
बैंकले चुक्ता पूँजीको १० प्रतिशत बराबर हुन आउने ८८ करोड ८७ लाख ६० हजार रुपैयाँ बोनस सेयरको रुपमा वितरण गर्ने छ। यस्तै, १५.२६ पैतिशत बराबरको हुन आउने १ अर्ब ३५ करोड ६५ लाख २९ हजार रुपैयाँ नगद लाभांश दिने भएको छ ।
बैंकले लाभांश वितरणको लागि नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ ।आगामी साधारण सभाबाट बैंकले उक्त लाभांश परित भएपछि सेयर धनीलाई वितरण गर्ने बैंकले जनाएको छ ।
