सिद्धार्थ बैंकको नयाँ शाखा इनरूवामा सञ्चालन

काठमाडौं ।सिद्धार्थ बैंकले सोमबारदेखि सुनसरीको इनरूवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

 

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले शाखा संचालनमा ल्याएको हो।

 

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाताखोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

 

चार एक्स्टेन्सन काउन्टरसहित देशभर बैंकका शाखा संख्या १६७ पुगेको छ। त्यस्तै १०१ शाखारहित बैंकिङ्ग सेवा, १८२ एटिएम तथा १५ सय पस मेसिनमार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ।

काभ्रेमा ४ हेलिकोप्टर धान खेतमा आकस्मिक अवतरण Read Previous

काभ्रेमा ४ हेलिकोप्टर धान खेतमा आकस्मिक अवतरण

सिद्धार्थ बैंकले २५.२६ प्रतिशत लाभांश दिने Read Next

सिद्धार्थ बैंकले २५.२६ प्रतिशत लाभांश दिने