काठमाडौं । विगत ६ महिनादेखि रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले सम्हाल्ने भएका छन् ।
हाल कानुनमन्त्री रहेका बडुलाई प्रधानमन्त्री शेरबहादुर देवाले उद्योगमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् ।
गत साउनमासरकारको नेतृत्व सम्हालेको केही समयपछि देउवाले गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाएका थिए ।तर, उनी विवादमा परेपछि हमालले असोज २४ गते राजीनामा दिएका थिए ।
त्यसयता उद्योग मन्त्रालय प्रधानमन्त्री देउवाले आफैंले सम्हाल्दै आएका थिए । उद्योगमन्त्री नहुँदा मन्त्रालयको दैनिक कामकारबाही समेत प्रभावित हुँदै आएको थियो ।