बेतन कर्णाली हाइड्रोपावरद्धारा मुआब्जा निर्धारण, प्रतिरोपनी कति ?

काठमाडौं । बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले अर्धजलासययुक्त आयोजना निर्माण क्षेत्रभित्र पर्ने जग्गाको मुआब्जा रकम निर्धारण गरेको छ ।

 

मुआब्जा निर्धारण समितिको चैत २२ गते बसेको बैठकले मुआब्जा निर्धारण गरेको  हो । जिल्ला प्रशासन कार्यालय, अछामले एक सूचना जारी गर्दै ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलासययुक्त जलविद्युत आयोजनाले प्रभाव पार्ने ढकारो र तुर्माखाद गाउँपालिकाको जग्गा अधिग्रहण गर्न लागेको जनाएको छ ।

 

समितिले अधिग्रहण गर्नुपर्ने जग्गा विभिन्न ५ समूहमा वर्गीकरण गरी मुआब्जा तोकेको छ । कृषि योग्य जािन (क,ख,ग)का लागि प्रतिरोपनी ७ लाख ३० हजार ९०४ रुपैयाँ र कृषि योग्य (घ,ङ)का लागि प्रतिरोपनी ५ लाख ४६ हजार ३३२ रुपैयाँ मू्ल्य मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ ।

 

यसैबीच, आयोजनाले आवश्यक नपर्ने ढकारी गाउँपालिकामा पर्ने ५४ वटा कित्ता जग्गा अधिग्रहण सूचीबाट हटाएको छ ।

सिमकार्ड विक्रीवितरणमा कडाइ गर्न निर्देशन Read Previous

सिमकार्ड विक्रीवितरणमा कडाइ गर्न निर्देशन

६ महिनापछि उद्योग मन्त्रालयले पायो नेतृत्व, मन्त्रीमा दिलेन्द्र बडु नियुक्त Read Next

६ महिनापछि उद्योग मन्त्रालयले पायो नेतृत्व, मन्त्रीमा दिलेन्द्र बडु नियुक्त