विनोद चौधरी भारतबाहेक दक्षिण एशियाका एक्ला अर्बपति, १ वर्षमा बढ्यो १२ अर्ब सम्पत्ति

काठमाडौं । नेपालकै धनाढ्य व्यक्ति तथा व्यवसायी विनोद चौधरी विश्वको १९२९ औँ धनी व्यक्ति बनेका छन् । विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वभरका डलर अर्बपतिहरुको सूचीमा चौधरी १९२८ औँ  स्थानमा परेका हुन् ।

 

फोर्ब्सका अनुसार चौधरी दक्षिण एशियामा भारतबाहेक देशका एक्ला डलर अर्बपति समेत हुन् । दक्षिण एसियाका देशहरूमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् ।

 

दक्षिण एसियाका अरू मुलुकहरू श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेनन् ।

 

नेपालका एक मात्र डलर अर्बपति चौधरीको सम्पत्ति एक वर्षमा १० करोड डलर (करिब १२ अर्ब रुपैयाँ) बढेको छ । गत वर्ष १.४ अर्ब डलर रहेको उनको सम्पत्ति बढेर यो वर्ष १.५ अर्ब डलर पुगेको छ । चौधरी सन् २०१३ देखि अर्बपतिहरूको सूचीमा रहँदै आएका छन् ।

 

पछिल्लो समय राजनीतिमा सक्रिय रहेका चौधरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य समेत रहेका छन् ।

 

अमेरिका सबैभन्दा धेरै अर्बपति

 

फोर्क्सका अनुसार अमेरिका विश्वका सबैभन्दा धेरै धनाढ्यको देश बनेको छ । अमेरिकामा संसारमै सबैभन्दा धेरै ७३५ जना अर्बपति रहेका छन् ।

 

त्यसैगरी, चीन दोस्रो धेरै अर्बपति हुने देश बनेको छ । चीनमा ५३९ अर्बपति रहेको फेर्ब्सले जनाएको छ । दक्षिण एशियाली मुलुक भारत विश्वका धेरै अर्बपति रहेको मुलुकमध्ये तेस्रो भएको छ । भारतमा १६६ अर्बपति रहेका छन् । भारतका गौतम अडानी र मुकेश अम्बानी क्रमशः विश्वका नवौं र दशौं धनीको सूचीमा छन् ।

 

२९०.३ अर्ब डलर सम्पत्ति रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति भएका छन् । यस्तै दोस्रो धनी जेफ बेजोसको सम्पत्ति १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् ।

इमर्जिङ नेपालको सेयर मूल्यमा लगातार नेगेटिभ सर्किट, बेच्नेको ओइरो लाग्दा किन्ने शून्य Read Previous

इमर्जिङ नेपालको सेयर मूल्यमा लगातार नेगेटिभ सर्किट, बेच्नेको ओइरो लाग्दा किन्ने शून्य

आयल निगमलाई सरकारी कोषबाट सवा ४ अर्ब दिइने Read Next

आयल निगमलाई सरकारी कोषबाट सवा ४ अर्ब दिइने