लक्ष्मी बैंक र लक्ष्मी केयरद्वारा सांगितीक कार्यक्रमको आयोजना

काठमाडौं । लक्ष्मी बैंक र लक्ष्मी केयरले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगितीक कार्यक्रमको आयोजना गरेको छ ।

 

सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा नेपाली गीत, संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो ।

 

कोष स्थापनाको लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानहरुलागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने छ । यी विद्युतीय गाडीको प्रयोग बृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्क रुपमा प्रयोग गरिने छ ।

 

लक्ष्मी केयर गत १४ वर्षदेखि निरन्तर रुपमा लक्ष्मी बैंकका कर्मचारीहरुले सञ्चालन गर्दै आएको एक सामाजिक संस्था हो । यसले आफ्नो स्थापनावर्षदेखि ग्रिन इनिसिएटिभ, नारी शिक्षा तथा वित्तीय साक्षरता जस्ता क्षेत्रहरुमा सक्रीय रुपमा कार्य गर्दै आइरहेको छ ।

 

यस संस्था अन्तर्गत लक्ष्मी केयरले गढीमाई मन्दिर, चण्डेश्वरी मन्दिर, पाटन दरबार क्षेत्र, बागमती पुल, सिहंदरबार तथा विभिन्न स्थानहरुमा सौर्य बत्तिहरुको जडान समेत गरेको छ । पशुपतिनाथ मन्दिरमा इलेक्ट्रीक गाडीको व्यवस्था गरेको छ ।

बजेट खर्च निराशाजनक, दुई महिनामा कूल बजेटको २.९१ प्रतिशत मात्र खर्च Read Previous

बजेट खर्च निराशाजनक, दुई महिनामा कूल बजेटको २.९१ प्रतिशत मात्र खर्च

कोका-कोला ‘नेपाल आइडल सिजन ३’ को मुख्य प्रायोजक Read Next

कोका-कोला ‘नेपाल आइडल सिजन ३’ को मुख्य प्रायोजक