काठमाडौं । सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी सधानको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ ।
पेट्रोलिमय पदार्थमा भएको निरन्तरको मूल्य वृद्धिका कारण सरकारले स्वचालित भाडा निर्धारणको अवधारणाअनुरूप भाडादर वृद्धिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
यातायात व्यवस्था विभागका अनुसार, यात्रुवाहक सवारीमा १०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १३ र तराईमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १५ प्रतिशतले भाडा वृद्धि गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयस मेतको सहमतिका आधारमा चैत २० देखि लागू हुने गरी दुई वा दुईभन्दा प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायात भाडादर समायोजन गरिएको हो ।
नयाँ भाडादर अनुसार बाजुरा पुग्न सबैभन्दा धेरै बस भाडा तिर्नुपर्नेछ । विभागले काठमाडौं अत्तरिया मार्तडी ( बाजुरा)को भाडादर २ हजार ८४० रुपैयाँ रहेको छ । यो काठमाडौंबाट देशका कुनैपनि गन्तव्यमा पुग्ने सबैभन्दा महँगो गाडी भाडा हो ।
त्यस्तै, काठमाडौंबाट बझाङ (काठमाडौं अत्तरिया चैनपुर) रुटको भाडादर २ हजार ८२५ रुपैयाँ छ । काठमाडौं जाजरकोट २ हजार १३२ रुपैयाँ, काठमाडौं अत्तरिया सिलगढी २ हजार ३१२ रुपैयाँ, काठमाडौं साफेंबगर २ हजार ५८५ रुपैयाँ छ ।
कुन रुटको भाडा कति ?