मार्चमा भित्रिए कोरोना यताकै धेरै विदेशी पर्यटक

काठमाडौं । सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

 

नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्यृत गर्दै उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा हवाई मार्ग भएर कुल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका हुन् ।

 

अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए । वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो । यो वर्षको सुरुआती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ ।

 

सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् । वसन्त यामको हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गर्छन् ।

बलेफी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

बलेफी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौंबाट सबैभन्दा धेरै गाडी भाडा बाजुराको, यस्तो छ २८० रुटको भाडादर Read Next

काठमाडौंबाट सबैभन्दा धेरै गाडी भाडा बाजुराको, यस्तो छ २८० रुटको भाडादर