काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीे) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आइओसीले निगमलाई आज (चैत १८ गते)पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । निगमलाई शुक्रबार आइओसीबाट प्राप्त मूल्यसूची अनुसार पेट्रोलको मूल्य थोरै घटेको छ भने डिजेल, मट्टितेल, हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ ।
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा १.४८ रुपैयाँ घटेको छ भने डिजेल प्रतिलिटर ०.०२ रुपैयाँ, मट्टितेल २२.०९ रुपैयाँ, हवाई इन्धन ४.२३ रुपैयाँ र ग्यास प्रतिसिलिन्डर २७३.३८ रुपैयाँ बढेर आएको छ ।
पेट्रोलियम पदार्थको विक्रीबाट आगामी १५ दिनमा मात्रै ५ अर्ब २१ करोड रुपैयाँ नोक्सानी हुने निगमको प्रक्षेपण छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २७.७ रुपैयाँ, डिजेलमा ३२.१७ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ९५३.६६ रुपैयाँ नोक्सान रहेको छ ।
मट्टितेलमा प्रतिलिटर १.९९ रुपैयाँ र हवाई इन्धनमा १२.८४ रुपैयाँ फाइदा रहेको पनि निगमले जनाएको छ ।
