सिभिल बैंकको नगदरहित अभियान बेगनासमा, अब डुंगा चढेको क्यूआरबाट भुक्तानी

काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै गण्डकी प्रदेशको कास्की जिल्ला स्थित बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ ।

 

सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कडेँल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल लगायतको उपस्थिति थियो ।

 

नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरीहार्य  भएको बताए ।

 

त्यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने पनि बताए ।

 

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न व्यापार व्यवसायहरुमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।

 

बैंकले हाल देशभरका ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटीएमहरु मार्पmत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

स्वदेशमै बिलेट उत्पादन नीतिको सकारात्मक प्रभाव : विद्युत् खपत् बढायो, ३ अर्ब लगानी थपियो Read Previous

स्वदेशमै बिलेट उत्पादन नीतिको सकारात्मक प्रभाव : विद्युत् खपत् बढायो, ३ अर्ब लगानी थपियो

भारतले पठायो इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको घट्यो, अरुको बढ्यो (मूल्यसहित) Read Next

भारतले पठायो इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको घट्यो, अरुको बढ्यो (मूल्यसहित)