काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ ।
नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गरी सेञ्चुरी रिकरिङ्ग मुद्दती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता संचालनमा ल्याएको हो ।
यस योजना अनुसार न्यूनतम १ हजार रुपयाँमै खोल्न सकिने र खातामा क्रमिक रुपमा थप रकम जम्मा गर्न सकिनेछ । सेञ्चुरी रिकरिङ्ग मुद्धतीमा खाता खोल्दाकै बखतको ब्याजदर प्रदान गरिने बैंकले जनाएके छ ।
यस्तै, सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समयसमयमा प्रकाशित गरेको मुद्दती निक्षेप अनुरुपको ब्याज प्रदान गर्नेछ । सेञ्चुरी बैंकका सम्पूर्ण शाखा मार्फत खाता खोल्न सकिनेछ ।
बैंकले हाल देशभरका १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।