काठमाडौं । राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसंग कमिसन नलिने घोषणा गरेको छ । यससँगै राइडरहरुले आफ्नो कमाइ आफै राख्न पाउने भएका हुन् ।
बिजनेश ग्रोथ कम्पनीले सञ्चालन गरेको यस एपमा अन्य राइड सेयरिङ एपभन्दा सस्तो पनि रहेको सेवाग्राहीहरू बताउँछन् । कम्पनीले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरू ल्याउँदै आएको छ । साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजारभन्दा बढी कमाउने राइडरहरू पनि रहेका छन् ।
एप चलाउन सजिलो हुनुका साथै निःशुल्क तालिम, कमिशन दिन नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरू बताउँछन् । नेपालीले नै निर्माण र सञ्चालन गरेको यस एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाइमा पर्ने गरेको छ । थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।