विश्व बजारमा तेलको आपूर्ति बढाउँदै क्यानडा, दैनिक थप ३ लाख ब्यारेल निर्यात गर्ने

काठमाडौं । क्यानाडाले विश्व बजारमा तेलको आपूर्ति बढाउने भएको छ । रुसी तेलको प्रयोग रोक्न अन्य राष्ट्रलाई सहयोग गर्ने उद्देश्यसहित निर्यात बढाउन लागेको हो ।

 

क्यानडाले यस वर्ष तेलको निर्यात प्रतिदिन ३ लाख ब्यारेलसम्म बढाउने भएको छ । विश्वव्यापी ऊर्जा संकट समाधान गर्न थप तेल, ग्यास र युरेनियम उपलब्ध गराउन सक्ने क्यानडाका प्राकृतिक संसाधन मन्त्री जोनाथन विल्किन्सनले जानकारी दिए ।

 

‘धेरै देशहरु रुसी तेल तथा ग्यास विस्थापित गर्नका लागी हामी सकेसम्म मद्दत गर्न प्रतिबद्ध छौ,’ उनले भने । विश्वको चौथो ठूलो तेल उत्पादक देश क्यानडाले थप १ लाख ब्यारेल प्राकृतिक ग्यास पनि निर्यात गर्न सकिने जानकारी दिएको छ ।

 

फ्रान्सको पेरिसमा आयोजना गरिएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएमा विश्वका ऊर्जा मन्त्रीहरुको बैठकमा यस्तो प्रतिबद्धता गरिएको बताइएको छ । एजेन्सी

विन नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

विन नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

इमर्जिङ नेपालको सेयर मूल्यमा लगातार १५ औं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ? Read Next

इमर्जिङ नेपालको सेयर मूल्यमा लगातार १५ औं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ?