इमर्जिङ नेपालको सेयर मूल्यमा लगातार १५ औं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ?

काठमाडौं । इमर्जिङ नेपालको सेयर मूल्यमा लगातार १५ औं दिन पोजेटिभ सर्किट लागेको छ । फागुन २२ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य दैनिक १० प्रतिशतले बढ्दै आएको हो ।

 

२८७.१० रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य १५ कारोबार दिनमै तीन गुणा धेरैले बढेर ९२० रुपैयाँ पुगेको छ । १५ दिनमै इमर्जिङको सेयर भाउ प्रतिकित्ता ६३३ रुपैयाँ बढेको छ ।

 

कारोबारमा आएको तीन सातामा पनि कम्पनीको सेयर आपूर्ति अत्यन्त न्यून रहेको छ । १५ कारोबार दिनमा कम्पनीको करिब १७ हजार कित्ता सेयर मात्र कारोबारमा आएको छ ।

 

कम्पनीमा सर्वसाधरणको हिस्सा न्यून भएकाले पनि सेयरको सप्लाइ आउन नसकेको हो । साथै, कम्पनीको सेयरको माग अत्यधिक हुँदा आगामी दिनमा मूल्य अझै बढ्ने आशमा लगानीकर्ताले विक्रीमा ल्याएका छैनन् ।

 

नेप्सेमा कम्पनीको ५५ लाख ५६ हजार कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधरणको ५ लाख ५५ हजार ६०० कित्ता र संस्थापकको ५० लाख ४० कित्ता रहेको छ ।

 

विश्व बजारमा तेलको आपूर्ति बढाउँदै क्यानडा, दैनिक थप ३ लाख ब्यारेल निर्यात गर्ने Read Previous

विश्व बजारमा तेलको आपूर्ति बढाउँदै क्यानडा, दैनिक थप ३ लाख ब्यारेल निर्यात गर्ने

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण तीव्र Read Next

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण तीव्र