काठमाडौं । नेपाली ध्वजा वाहक नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले भारतको बम्बइ (मुम्बइ) जाने यात्रुका लागि आकर्षक अफर ल्याएको छ ।
२ वर्षपछि काठमाडौं-मुम्बई सीधा उडान गरेको नेपाल एयरलाइन्सले दुई वटा टिकट किन्दा एउटा सित्तैमा दिने अफर ल्याएको हो ।
एयर लाइन्सका अनुसार बम्बई जाने दुई वटा टिकट काट्ने यात्रुले अर्को एउटा टिकट सित्तैमा पाउनेछन् । यस योजनामा केही शर्तहरु लागू हुने कम्पनीले जनाएको छ ।
कोरोनाका कारण भारतले लगाएको अन्तर्राष्ट्रिय उडान प्रतिबन्धका कारण २ वर्षदेखि रोकिएको काठमाडौंबाट मुम्बई सिधा उडान निगमले आजदेखि पुनः सुरु गरेको छ ।
निगमले यस रुटमा साताका ३ दिन हरेक बुधबार, शुक्रबार र आइतबार सिधा उडान गर्नेछ ।