साल्ट ट्रेडिङको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशशनको लाभांश पाउन सेयर किन्ने आज (चैत १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट घोषणा गरेको १०.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (चैत १५ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले चैत ३० गते वार्षिक साधरण सभा बोलाएको छ ।

 

प्रस्तावित लाभांश कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बम्बइ जाने दुई वटा टिकट किन्दा एउटा सित्तैमा ! Read Previous

बम्बइ जाने दुई वटा टिकट किन्दा एउटा सित्तैमा !

नेष्डो समृद्ध लघुवित्तको सेयर आजदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ? Read Next

नेष्डो समृद्ध लघुवित्तको सेयर आजदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ?