नेष्डो समृद्ध लघुवित्तको सेयर आजदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचीकृत भएको छ । कम्पनीले आइतबार संस्थापक र साधरण गरी कुल २५ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

 

नेप्सेमा लघुवित्तले सर्वसधारण तर्फको ८ लाख २८ हजार ७५० कित्ता र संस्थापकतर्फको १७ लाख २१ हजार २७० कित्ता गरी कुल साढे २५ लाख कित्ता सेयर सूचीकृत गरेका हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै आज (सोमबार)देखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसकेमा अर्को दिन मात्र कारोबारमा आउने छ ।

 

कम्पनीको सेयर कारोबारका लागि नेप्सेले NESDO संकेत चिह्न प्रदान गरेको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्यूनतम २६०.८४ रुपैयाँदेखि अधिकतम ७८२.५२ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ । यही बीचमा रहेर कारोबार सुरू हुनेछ ।

साल्ट ट्रेडिङको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

साल्ट ट्रेडिङको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

बीमा कम्पनीको पूँजी वृद्धि : आवश्यकता कि जबरजस्ती बोकाइएको भारी ? Read Next

बीमा कम्पनीको पूँजी वृद्धि : आवश्यकता कि जबरजस्ती बोकाइएको भारी ?