सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा

काठमाडौं । सानिमा बैंकले सिराहाको मिर्चैयामा बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बुधबार मिर्चैयामा शाखा उद्घाटन गरेको हो ।

 

उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रबद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरे ।

 

समुद्घाटन् समारोहमा मह जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

 

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

 

सानिमा बैंकको देशका सातै प्रदेशमा १२५ कार्यालय र ११४ वटा एटीएम संचालनमा रहेका छन् ।

उपकार लघुवित्तले पायो आइपीओ निष्काशन गर्न अनुमति Read Previous

उपकार लघुवित्तले पायो आइपीओ निष्काशन गर्न अनुमति

त्रिभुवन विमानस्थलबाट हुने उडान धमाधम रद्द र डिले हुँदै Read Next

त्रिभुवन विमानस्थलबाट हुने उडान धमाधम रद्द र डिले हुँदै