काठमाडौं । त्रिभुवन विमानस्थलको सूचना प्रणाली तथा राडारमा खराबी आएको छ । बिहीबार बिहानैबाट सूचना प्रणाली र राडारमा समस्या आउँदा आन्तरिक र बाहृय दुवै उडान प्रभावित बनेका छन् ।
संचार उपकरण भएको विल्डिङमा पानी लिकेज भएर प्रणालीहरुमा खराबी आएको बताइएको छ । विमानस्थलबाट नियमित उडान हुन नसकेपछि आज विहानका अधिकांश उडान रद्द भएको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् । साथै, दिउँसोको लागि निर्धारण गरिएका उडान समेत डिले भइरहेको जनाइएको छ ।
प्रणालीमा समयस्या आएका कारण आज विहान पोखरा, भैरहवा र विराटनगरका लागि निर्धारित तीन उडान रद्द भइसकेको यति एयरलाइन्सले जनाएको छ ।
यस्तै, अन्य निर्धारित उडानहरु पनि डिले भएकाले ०१९५९७००७४ मा फोन गरेर जानकारी लिन एयरलाइन्सले यात्रुमा आग्रह गरेको छ ।
यसैगरी, अन्य वायुसेवा प्रदायकहरुले पनि यात्रुलाई उडान प्रभावित भएको जानकारी गराएका छन् ।