चीनबाट आयो २३२ मेट्रिक टन रासायनिक मल

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ ।

 

तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो ।

 

भन्सार विभागबाट बुधबार रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए । बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा १ हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।

 

रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । बाँकी ८ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ ।

दुई कम्पनीको बम्पर लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Previous

दुई कम्पनीको बम्पर लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

सुस्तायो बिग मर्जरको चर्चा, राष्ट्र बैंक भन्छ-'जुन बेला पनि फोर्स मर्जर गराउने ठाउँ छ' Read Next

सुस्तायो बिग मर्जरको चर्चा, राष्ट्र बैंक भन्छ-'जुन बेला पनि फोर्स मर्जर गराउने ठाउँ छ'