काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनीकोे लाभांश पाउन सेयर किन्ने आज (चैत १० गते) अन्तिम दिन रहेको छ । जीवन विकास लघुवित्त र नेपाल टेलिकमको लाभांश लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
जीवन विकासले साधरणसभा प्रयोजनका लागि चैत १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
जीवन विकासले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न माइक्रोफाइनान्सले चैत २५ गते तेस्रो वार्षिक साधरण सभा बोलाएको छ ।
त्यसैगरी, नेपाल टेलिकमले साधारण सभा प्रयोजनका लागि चैत ११ गते बुकक्लोज गर्दैछ। तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र टेलिकमको प्रस्तावित लाभांश पाउने छन् ।
टेलिकमले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न टेलिकमले चैत २४ गते, चौधौँ वार्षिक साधारण सभा बोलाएको छ।
दुवै कम्पनीको प्रस्तावित लाभांश सम्बन्धित कम्पनीले साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।