मेगा बैंकले एकैसाथ जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । मेगा बैंक नेपालले एकैपटक दुई अन्तराष्ट्रिय अवार्ड हात पारेको छ । बैंकले ‘बेस्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दी एयर अवार्ड, २०२२’ जितेका छन् ।

 

सिंगापुरस्थित वर्ल्ड बिजनेस आउटलुकका अनुसार मेगाले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत नेपालको विभिन्न सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान गरेबापत ‘बेस्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड, २०२२’ पाएको हो ।

 

त्यसैगरी, नेपाली वाणिज्य बैंकको प्रथम महिला सीईओको इतिहास बनाएकी सीईओ अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सीईओ अफ द एयर अवार्ड, २०२२’ प्रदान गरिएको वर्ल्ड बिजनेस आउटलुकले जनाएको छ । नेपालबाट यो अवार्ड जित्ने मेगा बैंक र सीईओ खुञ्जेली मात्रै भएको बैंकले जनाएको छ ।

 

मेगा बैंकले गत आर्थिक वर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरूमा उपलब्ध गराएको थियो भने यस वर्ष संघीय, प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरूको आकस्मिक कक्ष तथा बालकक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको जनाइएको छ ।

 

शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तीकरणमा टेवा पुर्‍याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरूलाई वार्षिक रूपमा ४३ लाख रकम बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ । यो छात्रवृतिले शाखा सञ्चालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रूपमा स्थापित गरेको छ भने मेगा बैंकले ‘बैंक अफ दि इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।

चितवनको पुलचोक-गोन्द्राङ ६ लेन सडकको आशलाग्दो प्रगति Read Previous

चितवनको पुलचोक-गोन्द्राङ ६ लेन सडकको आशलाग्दो प्रगति

दुई कम्पनीको बम्पर लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

दुई कम्पनीको बम्पर लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?