देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । आज अपराह्न ५ बजेदेखि देशभरका यातायात कार्यालयहरुबाट प्रदान हुने सबै सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

 

यातायात व्यवस्था विभागले कार्यालयहरुका सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

 

विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज अपराह्न ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरुबाट प्रदान गरिने सबैसेवाहरु अवरुद्ध हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,’  विभागद्धारा जारी सूचनामा भनिएको छ ।

 

विभागले गतहप्ता मात्र लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

 

ब्रोकर नं. ११ धितोपत्र बोर्डको कारबाहीमा, यस्तो छ कारण Read Previous

ब्रोकर नं. ११ धितोपत्र बोर्डको कारबाहीमा, यस्तो छ कारण

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी