नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । पछिल्ला दुई दिन लगातार दोहोरो अंकले बढेको नेप्से आज २० अंकले घटेको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले घटेर २ अर्बमा सीमित भएको छ ।

 

बुधबार सेयर बजार मापक सूचक नेप्से २०.३४ अंकले घटेर २६३०.३६ विन्दुमा आइपुगेको छ । यसदिन २२६ कम्पनीको २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँ बराबरको ३९ लाख ८५ हजार ५७४ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार र सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.५५ प्रतिशतले घटेको छ ।

 

आज एनआइसी एशिया बैंककोे सार्वाधिक कारोबार भएको छ । यसको झन्डै ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यसैगरी, जीवन विकास लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको ८८ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने इमर्जिङ नेपालका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

दोहोरो अंकले घटेको बजारमा बुद्धभूमि नेपालमा सेयरधनीले सबैभन्दा धेरै ३.५८ प्रतिशत गुमाएका छन् । त्यसैगरी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, पाँचथर पावर र सेन्टर फाइनान्सको सेयर मूल्य ३ प्रतिशतले घटेको छ ।

 

त्यस्तै, गरसाँस लघुवित्त, पञ्चकन्यामाइ, न्यादि हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, वीन नेपाल लघुवित्तको सेयर मूल्य साढे २ प्रतिशतले घटेको छ ।

देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द Read Previous

देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

छुट्याएको बजेट ३०% खर्च नगर्दै थप बजेट माग्दै मन्त्रालयहरू, कुनले कति खर्च गरे ? Read Next

छुट्याएको बजेट ३०% खर्च नगर्दै थप बजेट माग्दै मन्त्रालयहरू, कुनले कति खर्च गरे ?